दफा १५घ
लेखापरीक्षणमान बोर्डको गठन
(१) लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थित र नियमन गर्नको लागि नेपाल सरकारले एक लखोपरीक्षणमान बोर्डको गठन गर्नेछ ।
(२) लेखापरीक्षणमान बोर्डमा देहायका सदस्यहरु रहनेछन्ः–
(क) नेपाल सरकारले फेलो चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेको एकजना – अध्यक्ष
(ख) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, महालेखा परीक्षकको कार्यालय – सदस्य
(घ) नेपाल सरकारले परिषद्को सिफारिसमा चार्टर्ड एकाउन्टेन्टहरु मध्येबाट मनोनीत गरेका तीनजना – सदस्य
(ङ) नेपाल सरकारले परिषद्को सिफारिसमा दर्तावाला लेखापरीक्षक सदस्यहरुमध्येबाट मनोनीत गरेका एकजना – सदस्य
(३) लेखापरीक्षणमान बोर्डले आवश्यक देखेमा सम्बन्धित विज्ञलाई आफनो बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(४) उपदफा (२) को खण्ड (क), (घ), र (ङ) मा उल्लिखित सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुन नियुक्त वा मनोनयन हुन सक्नेछन्।
(५) लेखापरीक्षणमान बोर्डको बैठक सम्बन्धी कार्यविधि सो बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(६) लेखापरीक्षणमान बोर्डको सचिवालय संस्थाको प्रधान कार्यालयमा रहनेछ ।